राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत प्रदेश २ मा दुई सीटका लागि पाँच प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनले दुवै सीटका लागि साझा उम्मेदवारी दिएको छ भने नेकपा एमालेले पनि दुवै सीटमा उम्मेदवार खडा गरेको छ । यस्तै नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि एक सीटमा उम्मेदवारी दिएको छ ।तुलनात्मक रुपमा सत्तारुढ गठबन्धन नै बलियो रहेको यो प्रदेशमा मुख्य प्रतिस्पर्धी एमाले हुने देखिन्छ । सत्तारुढ गठबन्धनका तर्फबाट जसपा नेपाल र नेकपा माओवादी केन्द्रल