यो साता ४७ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्तिको मूल्य : परिसूचकमा २३.६५ अंकको वृद्धि

असार ५, काठमाडौं । नेपालको शेयर बजारले यो साता ३ हजार विन्दु पार गरेर फर्किएको छ । १ हजार १०० विन्दुदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक यस साता ३ हजार २५ दशमलव ८२ विन्दुसम्म पुगेको हो ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको बजार साताको पहिलो कारोबार दिन ३८ दशमलव ३२ अंक र दोस्रो दिन ४२ दशमलव ७२ अंक बढेर हालसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको थियो ।  त्यसपछिको तीन कारोबार दिन भने बजार घटेको छ । तेस्रो कारोबार दिन ३ दशमलव ७२ अंक, चौथो दिन ५२ दशमलव ४१ अंक र पाँचौ दिन १ दशमलव २९ अंकले घटेर नेप्से परिसूचक २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको हो । तीन ओटा कारोबार दिन बजार घटेपछि गत साताभन्दा यो साता २३ दशमलव ६५ अंक माथि नेप्से परिसूचक पुगेको छ ।  लगानीकर्ताहरुलाई संयम र सजग भई लगानी गर्न आग्रह गर्दै आएको नियामक निकाय नेपाल धितोपत्र बोर्डले यो साता पनि जोखिमलाई ध्यानमा राखी लगानी गर्न जारी गरेको अवधारणापत्रबाट पनि लगानीकर्ताहरु आत्तिएको देखिन्छ । बोर्डले मंगलवार धितोपत्र कारोबारमा निहित जोखिमलाई ध्यानमा राखी कारोबारमा सहभागी हुन आग्रह गर्दै अवधारणापत्र जारी गरेको थियो ।  पछिल्लो समय धितोपत्र दोस्रो बजारमा देखिएको उत्साहकाबिच जोखिम पनि बढ्दै गएको भन्दै विभिन्न ५१ सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था सहितको अवधारणापत्र सार्वजनिक गर्दै बोर्डले ती कम्पनीहरुको शेयरमा लगानी जोखिमयुक्त भएको बताएको थियो । बोर्डले विज्ञप्ती जारी गर्नुभन्दा अघिल्लो कारोबार दिनसम्म उच्च दरमा बढेको नेप्से परिसूचक मंगलवारदेखि भने घटेको हो । बोर्डले ती कम्पनीहरुको वास्तविक वित्तीय अवस्था अनुसार शेयरमूल्यमा अस्वभाविक वृद्धिले बजारमा चलखेल भएको अनुमान गर्दै अध्ययन तथा अनुसन्धान भइरहेको बताएपछि लगानीकर्ताहरु आत्तिएर शेयर विक्रीमा सक्रिय भएकाले परिसूचकमा असर परेको हो ।  बोर्डले मंगलवार साझ अवधारणापत्र सार्वजनिक गरेको भएपनि भित्रि सूचना भने अगाडीनै चुहाएको अनुमान जानकारहरुले लगाएका छन् । बोर्डले अवधारणापत्र जारी गर्नुअघिनै आफ्ना नजिकका लगानीकर्ताहरुले सम्बन्धित सूचनाको विषयमा जानकारी गराएकाले नै सोमवारसम्म गति लिएको बजार मंगलवारको कारोबार पनि प्रभावित भएको अनुमान जानकारहरुले लगाएका हुन् ।  बोर्डले लगानीकर्ताहरुलाई सजग गराउँने उदेश्य सहित जारी गरेको कम्पनीहरु प्रतिको धारणलाई धेरैले प्रकृया गलत भएको बताएका छन् । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बोर्डको उद्देश्य सहि भएपनि तरिका गलत भएको बताए । लगानीकर्ताहरुलाई बजारमा मूल्यमा हुने घटबढलाई पुष्टि गर्ने आधारहरु प्रस्तुत गरी सजग गराउनु पर्नेमा कम्पनीको नामनै सार्वजनिक गर्नु गलत भएको उनको ठहर छ ।  बोर्डको प्रेस विज्ञप्ती सार्वजनिक भएपश्चात लगानीकर्ताहरुमा केहि अन्योलता देखिएकोले बजार प्रभावित बनेको हो । पछिल्लो कारोबार दिनको कारोबार रकमलाई हेर्दा सस्तोमा शेयर विक्री गर्न लगानीकर्ताहरुले चाहेका छैनन् यसले पनि आगामी दिनमा बजारले सकारात्मक गति लिनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् । यो साता गत साताको तुलनामा कारोबार रकममा भने कमी आएको छ । यद्यपी यसै साता हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । साताको पहिलो कारोबार दिन नेप्सेको इतिहासमै सबैभन्दा बढी रू. १९ अर्ब ५५ करोड १ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस दिन उक्त रकम बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो । यो सता पाँच ओटा कारोबार दिनमा भने रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएको छ । गत साता रू. ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार बराबरको १७ करोड ५ लाख ९० हजार ६४३ कित्ता शेयर कारोबार भएको थियो ।  गत साताभन्दा यो साता कारोबार रकम रू. १ अर्ब ७८ करोड ६८ लाख ६४ हजार र कारोबार कित्ता १ करोड ८८ लाख ८३ हजार १६१ कम भएको हो । साताको पहिलो कारोबार दिन करीब रू. २० अर्ब र दोस्रो दिन करीब रू. १९ अर्बको शेयर कारोबार भएको बजारमा तेस्रो दिन रू. १६ अर्ब ५२ करोड, चौथो दिन रू. १५ अर्ब ४८ करोड र पाँचौ दिन रू. १० अर्ब ९० करोडभन्दा बढीको मात्र कारोबार भएको छ ।  तीन दिन घटेको बजारमा लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण रकम रू. ४७ अर्ब २० करोड ७० लाख ८८ हजारले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ४० खर्ब ९२ अर्ब ८ करोड ६५ हजार रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार कायम भएको छ ।  यो साता सबैभन्दा बढी होटल्स तथा पर्यटन समूहले कमाएका छन् भने व्यापारिक समूहले सर्वाधिक गुमाएका छन् । गत साताभन्दा यो साता होटल्स तथा पर्यटन समूहको परिसूचक ६ दशमलव २४ प्रतिशत बढेको हो भने व्यापारिक समूहको ४ दशमलव ८१ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)   यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न […] The post कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

काठमाडौँ,१५ साउन । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता […]

पछिल्लो एक सातामा नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ । अघिल्लो साता  १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ ।साताको पहिलो

यो साता नेप्सेमा उछाल :  परिसूचक १६५.२८ अंकले वृद्धि

काठमाडौं :  पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले बढेको छ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिन भने गिरावट आएको छ।यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले बढेर भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ।अघिल्लो साता  १६७.९७ अंकले बढेको नेप्से परिसूचक यो साता १६५.२८ अंकले बढेको हो तर

बैंकमा निक्षेप र कर्जा वृद्धि

काठमाडौं, पुस २६ । पछिल्लो दुई साता यता बैंकहरुको निक्षेपमा वृद्धि हुँदै आएको छ । पुसको मध्यपछि निक्षेपमा केही सुधार आउन थालेको हो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्गमा गत साताको तुलनामा ५८ अर्ब बढी निक्षेप संकलन भएको छ । गत साता ४२ खर्ब ४९ अर्ब रहेको निक्षेप यो साता बढेर ४३ खर्ब ७ […]

नेपालमा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि

काठमाडौं।कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा संक्रमित ८ प्रतिशत र मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि भएको छ।यो साता कोरोनाबाट १८२ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १५२ थियो।पछिल्लो साता नेपालमा ११ हजार ६१२ जनामा कोरोना पुष्टि भएको छ भने अघिल्लो साता १० हजार ७७२ जनामा भएको थियो।

पछिल्लो साता विश्वमा कोरोना संक्रमण १७ प्रतिशतले वृद्धि

काठमाडौं।पछिल्लो साता विश्वमा कोरोना भाइरस संक्रमण १७ प्रतिशतले वृद्धि भएको छ।कोरोना संक्रमणबाट हुने मृत्युमा ०.४ प्रतिशतले वृद्धि अएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता विश्वमा थप ३५ लाख ९६ हजार ७४४ जनामा कोरोना पुष्टि भएको छ। योभन्दा अघिल्लो साता यो संख्या ३० लाख ७६ हजार ८२५ रहेको थियो। पछिल्लो साता कोरोनाका कारण विश्वमा ५४ हजार ८७३ जनाको मृत्यु भएको थियो।

नेपालमा पछिल्लो साता कोरोना संक्रमण ८ प्रतिशतले वृद्धि, मृत्यु ७ प्रतिशतले बढ्यो

काठमाडौं। नेपालमा फेरि कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेको छ। देशभर कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता नेपालमा कोरोना संक्रमण ८प्रतिशतले र यसबाट हुने मृत्यु ७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो साता नेपालमा ११ हजार ६६०जनामा कोरोना पुष्टि भएको छ। अघिल्लो साता यो संख्या १०हजार ८२७ थियो।