नेकपा महासचिव विप्लव भन्छन्- जनमतसंग्रहबाट नयाँ ब्यवस्था चुनौं

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय ब्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था भनेर जनमतसंग्रह गर्न तयार भए संयुक्त सरकारमा जाने बताएका छन्। आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले भने,"अहिलेको संसदीय ब्यवस्था असफल भयो। अब नयाँ ब्यवस्थाको पक्षमा उभिनु पर्छ। यसका लागि जनमतसंग्रह उत्तम विकल्प हो। जनमतसंग्रह गर्न राजनीतिक दल तयार भए संयुक्त सरकारमा जान तयार छौं।"

सम्बन्धित सामग्री

नेकपा महासचिव विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।...

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

१६ साउन, काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने […]

ठाउँठाउँमा विप्लव कार्यकर्ताको उम्मेदवारी, फिर्ता लिन असन्तुष्ट पक्षको अपिल

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कतिपय स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यसरी पार्टीका कार्यकर्ताहरुले नै उम्मेदवारी दर्ता गरेसँगै पार्टीभित्र विवाद झन् चुलिन थालेको छ।  महासचिव विप्लव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले कार्यकर्ताहरुलाई उम्मेदवारी दर्ता गराउन भित्री रुपमा अनुमति दिए पनि पार्टीका अर्का…

नेकपाका महासचिव विप्लव धनगढीमा

धनगढी– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन […]

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा आजदेखि सुरु भएको हो । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका थिए । बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँ

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

विप्लव-नेपाल भेटवार्ता

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान महासचिव विप्लव र नेता धर्मेन्द्र बास्तोला नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यसअघि विप्लवले बुधवार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै […]

तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।

विप्लव राष्ट्रिय सभागृह पुग्दा यस्तो देखियो, तस्विरमा हेर्नुहोस्

सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ ।  बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण रा