दाङ - वैशाख ३० गते हुने पालिकाको चुनावकाे तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावकाे तयारीमा जुटेका हुन्।
राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त रहेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् । यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय...