‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा

चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का  शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् ।निराला पब्लिकेसन्स नयाँ दिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन (पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिएका आख्यानक

सम्बन्धित सामग्री

ह्वेलले निलेर फेरि ओकलिदिएका एक अमेरिकीको अद्भुत कथा - BBC News नेपाली

माइकल प्याकर्ड करिब आधा सेकेन्ड समुन्द्री विशाल जीवको मुखभित्र परेका थिए।

सङ्गतको प्रभाव (पौराणिक कथा)

नीतिशास्त्र भन्छ ‘संसर्गजा दोष गुणा भवन्ति ।’ अर्थात् संसर्ग वा सङ्गतले असललाई खराब र खराबलाई असल बनाउन सक्छ वा बनाउने गर्छ । फूलको सङ्गतमा परे किरा कमिलाले पनि देवीदेवताको शिरमा बस्न पाउँछन् । मूर्खको सङ्गतमा परे हीरामा पनि किरा लाग्न सक्छ । सज्जनको सङ्गत पाए दुर्जन पनि सज्जन बन्न पुग्छन् । दुर्जनको सङ्गतमा पर्नु परे सज्जनले पनि दुर्जन बन्नुपर्ने हुन्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा अद्भुत कथा प्रस्तुत गरिएको छ ।

धर्म रक्षाको फल

धर्मशास्त्रमा एउटा भनाइ छ– ‘धर्मो रक्षति रक्षितः ।’ यसको अर्थ जसले जुन धर्मको रक्षा गरेको हुन्छ उसलाई सोही धर्मले रक्षा गर्छ भन्ने हो । धर्म भनेको स्वभाव हो । जहाँ दया, माया, मैत्री, करुणा, शान्ति, सद्भाव, परहित परोपकार आदि कर्म हुन्छन् त्यहाँ स्वतः धर्म भइरहेको हुन्छ । धर्मशास्त्रले ‘धर्मोे रक्षति रक्षितः’ भनेको पनि यसैलाई हो । जसले यस्ता धर्म निर्वाह गरेका हुन्छन् उनीहरूको हित र कल्याण तिनै कर्मबाट भइरहेका हुन्छन् । भाइबहिनीका जानकारीका लागि यहाँ यस्तै अद्भुत कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रस्ट हुनेछौ ।