काठमाडौं : बंगलादेशमा सम्पन्न यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि नेपाल च्याम्पियन बनेको हो। प्रतियोगितामा नेपालले ४ खेलबाट १० अंक जोड्दै च्याम्पियन बन्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेतामा सीमित हुँदा भुटान अंकविहीन रहँदै घर फर्कियो। नेपाली महिला फुटबलले उमेर समूहमा जितेको यो पहिलो अन्तरराष्ट्रिय उपाधि हो। यसअघि नेपाली महिल
काठमाडौँ – साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साँझ सवा ४ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७-० अन्तरले पराजित […]
काठमाडौं : १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश जाँदैछ। बंगलादेशजाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छिन्।
दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने...
काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्। यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। हालसम्म नेपालले बंगलादेशसँग ८
काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका
काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग…
काठमाडौं, २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल(बंगलादेशबीच खेल सुरू भएको छ। खेल सुरु भएको १० मिनेट नबित्दै नेपालले १ गोल खाएको छ । नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो। नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्। नेपाल फाईनलमा पुग्नको लागि बराबरीमात्रै खेलेपनि […]
१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]