संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु-याउन सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु-याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको […]