काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिइन्।‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो,’’ सन्देशमा भनिएको छ, “जननिर्वाचित संविधान सभाद्