११ कात्तिक, जनकपुरधाम । कात्तिकको शुरुवातमै आएको मुसलधारे बेमौसमी वर्षाका कारण प्रदेश २ मा लगाएको कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निकालेको प्रारम्भिक तथ्यांक अनुसार कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । यस्तै तरकारी, तोरी र केराखेतीमा पनि ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ । […]