इङ्ल्यान्डको एकदिवसीय क्रिकेटमा कीर्तिमानी योगफल

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले कीर्तिमानी योगफल बनाएको छ । इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रनको योगफल बनाउँदै कीर्तिमान बनाएको हो ।यसअघि इङ्ल्यान्डले नै सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४८१ रनको कीर्तिमान बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए ।जोस बट्लरले अविजित रहदै १६२ रन बनाउँदा डाविड मालनले १२५ तथा फिल साल्टले १२२ रनको शतकीय इनिङ खेले । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु : ४० ओभरको हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...

धमलाको शतक र सर्राफको कीर्तिमानी अर्धशतकमा पुलिसले हरायो लुम्बिनीलाई

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। समूह 'बी' को खेलमा पुलिसले दोस्रो जित हात पार्ने क्रममा लुम्बिनीलाई ७४ रनले पराजित गर्‍यो।