बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट-२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै, पाथुम निसांकाले २० रन बनाए । ब