काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन्। केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नमा जवाफ दिँदै ओलीले संसद विघटन सही भएको दाबी गरेपछि भुसालले फरक कत राखेका हुन्। ओलीको जवाफपछि उपमहासचिव भुसालले भने, ‘संसद विघटन संविधानविपरीत थियो। तर, त्यो कुरालाई प्रतिवेदनमा उल्लेख गर्नुपर्छ।’यस्तै, उनले जनताको बहुदलीय जनवाद (जबज) र समाजवाद स्पष्ट हुनुपर्ने बताएका छन्। ओलीको विश्लेषण :