नेपाली काँग्रेसका चर्चित नेता एवं वर्तमान सरकारका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल कम्युनिस्टहरुले नेपालको संविधानको रक्षा गर्न नसक्ने बताउँछन् । संविधानको रक्षा र विकासको सन्दर्भमा केपी शर्मा ओली मात्रै नभएर प्रचण्ड र माधवकुमार नेपालसमेत एकसाथ असफल सावित भएको हुनाले अब नेपाली काँग्रेसले मात्रै देशको रक्षा गर्न सक्ने डा. रिजालको विश्लेषण छ ।‘थरिथरिका कम्युनिस्टले हार्मोनियम, तबला, गितार बजाए पनि उहाँहरुलाई संसद र जनताप्रति उत्तरदायित्वको भाव भारी भएको छ । उहाँहरुले यो संविधानको मर्म र भाव