काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताउनुभएको छ । आइतवार विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद् विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशह...