सिथी नखः कुल देवताको पूजा गर्नु अघि इनार, ढुङ्गे धारा, पोखरीसफा गरिदैँ (तस्वीरसहित )

न्युज अफ नेपाल काठमाडौं । इनार, ढुङ्गे धारा, पोखरी  सिथी नखः वा दिगु द्य: को पूजा  परापूर्वकालमा समुदाय सबै मिलेर पानीका मुहान, कुवा, इनार, ढुङ्गे धारा, पोखरी तथा टोल वरपर सफा गर्ने परम्परा रहेकाे छ । अचेल पनि काठमाडौको कतिपय स्थानमा सिथी नखः कुल देवताको पूजा गर्नु अघि ईनार, ढुंगे धारा, पोखरीहरु सफा गरि पुजा […]

सम्बन्धित सामग्री

झारको साम्राज्य

प्राचीनकालदेखि नै मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेल्नेहरूमा खेतखलिहान, पोखरी तथा इनार पर्छन्। यिनलाई नियमित सफा गर्नुपर्छ भनेर हाम्रा पुर्खाले चाडपर्वअन्तर्गत नै राखेका छन्। नेवारी संस्कृतिमा इनार, पोखरी सफा गर्ने उत्सव नै छ–सिथी नखः।...

नेवार समुदायको सिथी नखः पर्वमा क्षेत्रपाटीमा मास/मुगीका बारा बनाइँदै

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित नेवार समुदायको एक घरमा बारा बनाइँदै । जेष्ठ शुक्लषष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथी नखः पर्व मनाइन्छ । सिथी नखः विशेष गरी मास-मुगीका बारा (वः), चामलको पिठोको चटामरी, छोयला खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्व हो । देवाली मनाउन नपाएकाहरू यस दिन कुलदेवताको पूजा गर्न जान्छन् । यो पर्वसँगै वर्षा शुरू हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरू हुने पर्वका रूपमा समेत लिने गरिन्छ । यस दिन बारालगायत परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ ।  फोटो: सुनिल शर्मा /आर्थिक अभियान

वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताएका छन्। आइतबार यहाँ सिथी नखः पर्वका अवसरमा आयोजना भएको कार्यक्रममा प्रमुख साहले खुला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै जाँदा सहरले क्रमशः ट््यांकर र जारको भर पर्नुपरेको जनाउँदै यस प्रकारका समस्या समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग रहेकामा जोड […]

पानीको स्रोत सफा गर्दै यसरी मनाईयो सिथी नखः (फोटो फिचर)

जेठ २२, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगेधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरेर आइतवार सिथी नखः चाड मनाएका छन् ।  जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथी नखः पर्व मनाइन्छ । सिथी नखः विशेष गरी मास मुगीका बारा (वः), चामलको पिठोको चटामरी, छोयला खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्व हो ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीको दिन मनाइने चाडमा महादेवको जेठो छोरा कुमार कार्तिकेय जन्मेको दिन हुनाले यस दिनलाई कुमार षष्ठी पनि भनिन्छ । बिहान नुहाई धुहाई गरेर शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरुको पूजा गर्ने चलन छ ।  देवाली मनाउन नपाएकाहरु यसदिन कुलदेवताको पूजा गर्न जान्छन् । पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने पर्वका रुपमा समेत लिने गरिन्छ । यस दिन बारा लगायतका परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ ।  यो चाड लिच्छविकालदेखि मनाउने परम्परा शुरु भएको जनविश्वास छ । नखः ले परापूर्वकालदेखि पानीका मुहान सधैं सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले सफा गरिनु पर्दछ भन्ने सन्देश दिन खोजेको छ ।                                                                  तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

सन्दर्भ वातावरण दिवस : आफ्नो संस्कार र संस्कृति बिर्सेर अरुको नारामा भौतारिंदा

आज जेष्ठ शुल्क षष्ठी अर्थात् राजधानी काठमाडौं उपत्यकाको पौराणिक पर्व सिथी नखः । सिथी नखः मूलत पानीका मुहान, मुल र स्रोत सफा गर्ने दिन । अनि आजकै दिन विश्व वातावरण दिवस पनि परेको छ । सिथी नखः र वातावरण दिवस एक अर्काका परिपूरक दिवस भए पनि राजनीतिक नेतृत्वले सिथी नखःलाई एउटा परम्परा मात्र ठाने अनि …

सिथी नखःमा पानीकाे स्राेत सफा हुँदै

नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा याे पर्व मनाइन्छ ।

नेवार समुदायमा सिथी नखः को महत्व

सिथी नखः हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका नेवार समुदायले पनि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन् । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ […]

बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले वातावरण संरक्षणमा नेवार समुदायले मनाउने सिथी नखः पर्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरण दिवस र सिथी नखः पर्वका अवसरमा शुभकामना दिँदै मेयर साहले भनेका छन्– सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको […]

सिथी नखः पर्व- नेतृत्वको मुहान कसले सफा गर्ने ?

नेतृत्वको मुहान सफा भएन भने तिनका कार्यकर्ता मात्र हैन, मुलुकको पर्यावरण नै धमिलो हुन्छ। यो बुझ्न तत्कालको लागि ढुंगा–गिट्टी निकासी गर्ने सरकारी निर्णय हेरै नै काफी छ।

सिथी नखः पर्व मनाइँदै

काठमाडौं । कला र संस्कृतिमा धनी नेवार समुदायले सिथी नखः (पर्व) मनाउँदै छन् । यस पर्वमा  विशेषगरी मास, मुगी र केराउका बारा बनाएर खाने र यस दिन पानीका मुहान इनार, कुवाँ ...