काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित नेवार समुदायको एक घरमा बारा बनाइँदै । जेष्ठ शुक्लषष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथी नखः पर्व मनाइन्छ ।
सिथी नखः विशेष गरी मास-मुगीका बारा (वः), चामलको पिठोको चटामरी, छोयला खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्व हो । देवाली मनाउन नपाएकाहरू यस दिन कुलदेवताको पूजा गर्न जान्छन् ।
यो पर्वसँगै वर्षा शुरू हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरू हुने पर्वका रूपमा समेत लिने गरिन्छ । यस दिन बारालगायत परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ ।
फोटो: सुनिल शर्मा /आर्थिक अभियान