कांग्रेसमा समानुपातिक सांसदको टुंगो लगाउने जिम्मा देउवाले पाए

काठमाडौं :  नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई अन्तिमसूची बनाउने जिम्मा दिएको  प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।उनले समितिमा आवश्यक परामर्श सहित सभापति देउवाले नै निर्णय लिने बताए। निर्वाचन आयोगले आज ४ बजेभित्र समानुपातिक सांसदहरुको सूची बुझाउन निर्देशन दिएको थियो। सोहीअनुसार दलहरु अन्तिम गृहकार्यमा जुटेका हुन्। सांस

सम्बन्धित सामग्री

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय...

कांग्रेसमा तीन जना पुरुष सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई दिए

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । समानुपातिक सांसदको टुंगो लगाउन पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा तीन जना पुरुष सांसदको नाम टुँगो लगाउन सहमति जुटेन । बैठकले तीन जनाको नाम टुँगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

समानुपातिकमा सात जना पुरुष सांसद छान्न कांग्रेसभित्र रस्साकस्सी

नेपाली कांग्रेसमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न गृहकार्य भइरहेको छ । शनिबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले ९६ जना समानुपातिक सांसदको टुंगो लगाउने छ ।प्रतिनिधिसभाका ३२ र सातै प्रदेशका ६४ जना सांसद छान्न आज (शुक्रबार) कांग्रेसमा आन्तरिम छलफल भएको छ । शुक्रबार दिउँसो शेखर कोइराला समूहले आन्तरिक छलफल गरेर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको छ ।समानुपातिक सांसद चयनबारे महिलाका सन्दर्भमा समस्या नभए पनि ७ जना पुरुषका हकमा समस्या देखिएको छ