सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्र रामारोशन घुम्न आइरहेका विभिन्न मुलुकका पर्यटकलाई स्थानीय प्रशासनले बाटोमै राेकेको छ । रामारोशन घुमफिःरको अनुमति छुट्टै लिनुपर्ने भन्दै राेकेको हो । यात्रीको समूह अनुमति नपाउँदा अलपत्र परेका छन् । ३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका छन् भने २२ जना पाँच दिनदेखि अछाम प्रवेश गर्ने विभिन्न ठाउँमा रोकिएका हुन् ।