सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादीमा, केही सांसदको सनाखत बाँकी

सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा मन्त्री फेर्न दबाब, पालाे कुर्दै सांसदहरू

सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार सरकार हेरफेर भएमा एक वर्ष प्रधानमन्त्री बन्ने पालो अध्यक्ष नेपालले पाउनेछन् । तीन चरणमा मन्त्री बनाउँदा सबै सांसदको पालो पुग्ने भएकाले एकीकृत समाजवादीका सांसदहरू मन्त्री बन्ने पर्खाइमा रहेको ती नेताले बताए ।

घनश्याम भुसाल समाजवादीमा प्रवेश

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार स्वघोषणा कार्यक्रममार्फत भुसाल समाजवादीमा प्रवेश गरेका छन् । रुपन्देही ३ मा पूर्वपार्टी एमालेले सांसदको टिकट नदिएपछि कांग्रेस र माओवादीसहितको...

एमालेबाट एकीकृत समाजवादीमा जान खोजेका दुई सांसदको मुद्दा संयुक्त इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ। निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा […]

एकीकृत समाजवादीमा जान चाहेका सांसदको रिटमा अन्तरिम आदेशबारे सुनुवाइ हुँदै

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीस ईश्वरप्रसाद खतिवडा र नहकुल...

सर्वोच्च : नयाँ शक्ति केन्द्र

एमाले फुटेर बनेको एकीकृत समाजवादीमा आबद्ध सांसदको सनाखत गर्ने दिन भदौ ९ मा सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट पनि निर्वाचन आयोग पुगेका थिए ।

एकीकृत समाजवादीमा जान चाहेका सांसदको रिटमा सुनुवाइ भएन

२४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कायम गरिदिन माग गरेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएन । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे […]

एमाले सांसदको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ । आज रिट सुनुवाइका लागि न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले एकीकृत समाजवादीमा जने भन्दै हिजो सर्वोच्चमा […]

माधव नेपाललाई साढे २३ प्रतिशत सांसदको साथ

एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप्रधानमन्त्री नेपालले प्रदेशमा भने साढे २३ प्रतिशत सांसदको साथ पाएका छन् । सुदूरपश्चिम प्रदेशमा त उनी नेतृत्वको एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । एमालेले सातवटै प्रदेशमा गरेर २ सय ३२ प्रदेश सभा सदस्यमा जित हासिल गरेको थियो । जसमध्ये ५४ जना एमाले छाडेर एकीकृत समाजवादीमा आएका छन् । एमाले सचिव एवं पूर्वमुख्...

एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोगमा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु […]

बागमती प्रदेशका १३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

मकवानपुर । बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो । प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन् । सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा […]