नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन, प्रदर्शनकारीद्वारा प्रहरीमाथि लाठी प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ ।  एमसीसीको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि लाठी प्रहार गरिरहेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई निषेधित क्षेत्र तोड्न दिएको छैन । अरु दिनको तुलनामा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित सामग्री

बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शन अझै जारी (तस्बिरहरू)

काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर केही पत्रकारसमेत घाइते भएका छन् । तस्बिरहरू : अभिषेम महर्जन/बाह्रखरी