बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनलाई हटाउने तयारी गरेको छ । स्पेनिस फुटबल विज्ञ गुलियम बालागका अनुसार अर्को खेलअघि नै बार्साले कुमनलाई हटाउने सम्भावना प्रबल रहेको छ ।बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगको दुवै खेल गुमाएको छ । बुधबार बेनफिकासँग बार्सा ३–० ले पराजित भएको थियो । ला लिगामा टोली अपराजित रहे पनि ६ खेलमध्ये ३ मा बराबरी गर्दै लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।‘खाली समयको मात्र कुरा हो, हामीले छिट्टै कुमानलाई हटाएको समाचार सुन्ने छौँ,’ बालागले भने, ‘लिसबनबाट बा