तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।
दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताए ।
यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक...