पदमुक्त गरिएका १ नम्बर प्रदेशका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमै कार्यक्रम राखेर पहिलो पटक बिदाइ गरिएको छ ।
प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कार्यालयमै कार्यक्रमको आयोजना गरेर बिदा गरेका छन् ।
यसअघिका प्रदेश प्रमुख प्राध्यापक गोविन्द तुम्बाहाङलाई पूर्व मुख्यमन्त्री शेरधन राईले निवासमा गएर बिदाइ गरेका थिए ।
मुख्यमन्त्री राजेन्द्र राईलाई सम्बोधन गर्दै पदमुक्त प्रदेश प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुशी व्यक्त गरे । उनले मुख्यमन्त्री राईलाई राजन...