मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा अव दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
सोमवार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत भने कसैको हुन सकेन । पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १ हजार ७०२ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५५६ को मतान्तर रहेको छ ।
उता प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्दद्ध । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीका बीच पुनः मतदान गराउनुपर्ने विधानमा व्यवस्था छ ।
त्यसआधारमा अब देउवा र कोइराला बीच पुनः प्रतिस्पर्धाका लागि दोस्रो चरणको निर्वाचन हुने छ । निर्वाचन समितिका अनुसार मंगलवार नै दोस्रो चरणको मतदान गर्नका लागि छलफल भइरहेको छ ।