भारतका लोकसभा सांसद असदुद्दीन ओवैसीले संसद्को शीतकालीन सत्रमा चीनसँगको सीमाका विषयमा बहस चलाउन सरकारसमक्ष माग राखेका छन् ।
चीनले भारतको भूमि अतिक्रमण गरेको भन्ने खबर आएकोमा मोदी सरकारले त्यसलाई खण्डन गर्दै भारतको एक इन्च जमीनमा पनि कुनै विदेशी शक्तिको नियन्त्रण नरहेको दाबी गरेको छ ।
ओवैसीले सबै दलका सांसदहरूको प्रतिनिधिमण्डलाई चीनसँगका विवादित सीमामा भ्रमण गराउन पनि माग गरेका छन् । त्यस्तो भ्रमणपछि भारतको सार्वभौमसत्तामा पुनः दाबी गर्न सकिने ओवैसीको तर्क छ ।