चिटिक्क बनाइँदै टुँडिखेल

तानसेन नगरपालिकाले पाल्पा टुँडिखेल चिटिक्क र आकर्षक बनाएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्राङ्गणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित ज्येष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ सो काम थालनी गरेको थियो ।

सम्बन्धित सामग्री

बसपार्कबाट टुँडिखेल अब ग्रीनपार्कमा परिवर्तन

रोल्पाको सदरमुकाम लिबाङलाई बसपार्कबाट ग्रीनपार्क बनाइँदै छ । टुँडिखेलमा पानी परेपछि हिलोले हिँड्नै नमिल्ने भएपछि बेला–बेलामा विरोध स्वरूप धान रोपिन्थ्यो । तर, यो वर्ष भने रोल्पा नगरपालिकाले तारबार गरी त्यसभित्र दुबो र छेउको भागमा धुपीसल्ला, सौन्दर्यताका लागि विभिन्न फूलहरूका बिरुवाहरू रोपेको । यो कार्य गरेसँगै टँुडिखेललाई ग्रीनपार्कको नामाकरण गरिएको हो ।