सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् । मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्र...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।नवनियुक्त दुवै मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका ह

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]