एमाले मुख्यालय : शेर्पा समूहको प्रतिष्ठानबाट दुगडका आफन्तको घरतिर

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापाथलीमा तयार गरिएको नयाँ केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्याललगायतका नेताहरुसहित नयाँ मुख्यालयको अनुमगन गर्न थापाथली पुगेका थिए । अनुगमनपछि एमाले मुख्यालय आउने वैशाखदेखि थापाथालीबाट चल्ने भएको छ । अनुगमनपछि मन्त्री अर्यालले […]

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह

काठमाडौँ । सांसद योगेश कुमार भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह गरेका छन् । ‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

एमाले पार्टी मुख्यालय वैशाख १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने

काठमाडौँ । नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै […]

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै

काठमाडौँ- शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ । हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तीमा पाँच वर्षसम्म […]

कोठे बैठकमै सीमित एमाले मुख्यालय

धुम्वाराहीबाट थापाथली सारिएको एमाले केन्द्रीय कार्यालय जनवर्गीय संगठनको कोठे बैठक बस्नेमै सीमित भएको छ । गत नौ वैशाखमा थापाथलीमा सरेको केन्द्रीय कार्यालयको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्दै पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाटै हुने बताएका थिए ।

आजदेखि एमाले मुख्यालय थापाथलीमा (तस्बिरहरु)

काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । सो कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ । थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे घरमा एमाले कार्यालय रहेको छ ।  उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।

यस्तो बन्ने भयो एमाले मुख्यालय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको

थापाथलीबाट एमाले मुख्यालय सञ्चालित

नेकपा एमाले मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ। यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो।...

एमाले मुख्यालय अब मारवाडीको घरमा

काठमाडौं । काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने भएको छ । धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । थापाथली हाइटमा रहेको उमङ्ग मार्गमा रहेको १३ कोठे घरमा कार्यालय सार्न लागिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले बुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले निरीक्षणपछि अनुमति दिएकाले बुधबारै दुई पक्षबीच भाडा सम्झौ

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।