धुम्वाराहीबाट थापाथली सारिएको एमाले केन्द्रीय कार्यालय जनवर्गीय संगठनको कोठे बैठक बस्नेमै सीमित भएको छ । गत नौ वैशाखमा थापाथलीमा सरेको केन्द्रीय कार्यालयको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्दै पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाटै हुने बताएका थिए ।