आइतबार साँझ एकाएक एउटा समाचार बाहिरियो, ‘प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजे ।’ मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि भाग खोजेको र त्यसका लागि दुईजनाको नाम सिफारिस गरेको सूचना उच्च राजनीतिक नेतृत्वबाटै सञ्चार माध्यमलाई चुहाइयो । मन्त्रीका लागि सिफारिस गरिएका पात्र प्रधानन्यायाधीशसँग निकट सम्बन्ध रहेका दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार बाहिर आयो, जुन समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ ।संसद विघटनको निर्णय उल्टाउँदै परमादेशबाट सरकार गठन गर्ने आदेश दिएको बदलामा प