नेकपा (एमाले) भित्रको अन्तर्विरोध होस् वा तत्कालीन नेकपाको अन्तरसंघर्ष, नेता भीम रावललाई संस्थापनइतर पक्षले सधैँ उपयोग मात्र गरिरह्यो । कहिले केपी शर्मा ओली पक्ष त कहिले माधव नेपालनिकट कित्तामा रहेका रावल राजनीतिको उत्तरार्धमा भने यता न उताका भएका छन् । नेता रावल एमालेको आठौँ महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार थिए ।...