काठमाडौँ । नवनियुक्त गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।