तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् । कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी […]

सम्बन्धित सामग्री

दाङका विद्यार्थीले बेचे ४ लाख रुपैयाँकाे फूल

दाङ – तिहारमा 'पढ्दै कमाउँदै' कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले चार लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका छन् ।  तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीले संयुक्तरूपमा फूल खेती गरेका थिए । विद्यालयको पाँच कट्ठा जग्गामा गरिएको खेतीबाट विद्यार्थीले चार लाख रुपैयाँ आम्दानी गरेका कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।  कलेज प्रमुख आचार्यले फूलबाट आशा गरेअनुसार आम्दानी भएको बताउँदै थप दुई लाख रुपैयाँको फूल बिक्रीका लागि तयारी भएको बताउनुभ...

अझैं सञ्चलनमा आएन चौरजहारी विमानस्थल

जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैं सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो । आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दसैँ तिहारमा सञ्चालन गरिने आशा गरेको यस क्षेत्रका सर्वसाधारणले

उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार

काठमाडौ– टाटा मोटर्स् नेपालको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स्ले ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली’को नाराका साथ आयोजना गरेको ‘टाटा मोटर्स् दशैं एण्ड तिहार अफर’ अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ । मोटर्सले गत माघ ३ गते सोमबार टाटा मोटर्स् ट्रक एण्ड […]

टाटा मोटर्सले दियो दशैंतिहार योजनाका ४३ विजेतालाई आकर्षक उपहार

टाटा मोटर्स नेपालको आधिकारी विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले  गएको दशैं र तिहारलाई लक्षित गरी संयुक्तरुपमा सञ्चालन गरेको बम्फर अफरको बम्परको गोलाप्रथाबाट विजेता घोषणा गरेको छ । ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ भन्दै सञ्चालित योजनाको सोमबार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक […]

टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा

माघ ६, काठमाडौं । टाटा मोटर्स् नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स्ले  संयुक्त रुपमा “आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली” भन्दै आयोजना गरेको टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा भएको छ ।  योजना अनुरुप गत सोमवार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेज मार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको उक्त योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले बताएको छ ।  विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ ई ११ जनालाई, एलजि डवल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ्ग मेसिन सात जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल सात जनालाई र एम आइ ६५ इन्चफोर के टिभी सात जनालाई प्रदान गरिएको छ ।  उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबू श्रेष्ठले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

टाटा मोटर्स दसैँ एन्ड तिहार अफर अन्तर्गतको बम्पर विजेता घोषणा

काठमाडौं । टाटा मोटर्स दसैँ एन्ड  तिहार अफर अन्तर्गतको बम्पर विजेता घोषणा गरिएको छ । टाटा मोटर्स नेपालको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स्ले  संयुक्त रूपमा “आशा र उमंग बाँडौँ, मनाउँ खुसीयाली, यो दसैँ र तिहारमा टाटा किन्दाजाँदैन हातखाली” भन्दै आयोजना गरेको उपहार योजनाको बम्पर विजेता घोषणा गरेको हो । यस...

टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड !

काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको  टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...

भारतीय प्लेटका नीजि गाडीलाई किन दिईयो प्रवेशको अनुमति ?

आजबाट नेपालमा भारतीय नम्बर प्लेटका नीजि सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दैछन् । कोरोना भाइरसको जोखिमका कारण लामो समयदेखि भारतीय प्लेटका नीजि सवारी साधनको नेपाल प्रवेशमा रोक लगाईएको थियो ।पर्यटन तथा होटल व्यवसायीको माग अनुसार सरकारले भारतीय प्लेटका सवारीलाई प्रवेश दिने निर्णय गरेको थियो । असोज ५ गतेको मन्त्रिपरिषद बैठकले असोज १५ गतेबाट नीजि नम्बर प्लेटका भारतीय गाडीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट भारतीय नम्बर प्लेटका नीजि सवारी साधनहरु नेपाल प्रवेश गर्ने भएका हुन् ।गृह र अर्थबीच समन्वयको खाँचोगृह मन्त्रालयले यसअघि नै सिमा क्षेत्रका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर भारतीय नीजि सवारीको नेपाल प्रवेशमा समन्वय गर्न भनेको थियो । तर, अर्थ मन्त्रालयबाट भन्सार कार्यालयमा यसबारे कुनै परिपत्र गएन । जसका कारण भारतीय नीजि गाडीले नेपाल प्रवेशमा भन्सारबाट अनुमति पाएका थिएनन् ।तर, होटल व्यवसायीहरुले निरन्तर आग्रह गरेपछि मन्त्रिपरिषदबाटै यो निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका वीरगन्जका व्यवसायी गोपाल केडियाका अनुसार आज दिउँसोबाट भारतीय नीजि गाडीहरु नेपाल प्रवेश गर्ने आशा होटल व्यवसायीहरुले गरेका छन् ।होटल क्षेत्र चलायमान बनाउन यो निर्णयले सकारात्मक प्रभाव पार्ने व्यवसायीको आशा छ । यसका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहतका निकायबीच समन्वय आवश्यक रहेको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् ।सौराहादेखि पोखरासम्म राहतनिजी भारतीय सवारी नेपाल आउँदा सिमा क्षेत्रका मात्रै नभई पोखरासम्मका होटललाई राहत हुने व्यवसायी केडिया बताउँछन् । ‘भारतीय प्लेटका प्राइभेट गाडीहरु नेपाल आउनु भनेको पर्यटकहरु नै आउनु हो’ उनी भन्छन्, ‘यसको मुख्य फाइदा टुरिजम सेक्टरलाई हुन्छ, सौराहादेखि पोखरासम्मका होटल व्यवसायीलाई राहत हुन्छ । योसँगै अन्य क्षेत्रले पनि फाइदा लिन्छन्, उनीहरुले नेपालमा बस्तुहरु किनमेल गर्छन्, मठ मन्दिर दर्शन गर्छन् ।’दशैँ तिहारमा पर्यटन चलायमानविगतका वर्षमा पनि भारतीय पर्यटक यस सिजनमा नेपालमा आउने गरेका थिए । असोजको मध्यदेखि सिमा क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि भारतीय पर्यटक आफ्नै गाडीमा आउँथे । तर, गत वर्षदेखि आएका थिएनन् ।यसवर्ष भने दशैँ र तिहारको समयमा भारतीय पर्यटक आउने भएपछि यो समयमा वीरगञ्ज, चितवन, पोखरा, सौराहा लगायतका क्षेत्रका होटल क्षेत्र चलायमान हुने अपेक्षा लिईएको छ ।

कोकाकलाले सार्वजनिक गर्‍यो दशैं लक्षित नयाँ अभियान 'धन्यवाद'

कोकाकोलाले दशैं लक्षित नयाँ अभियान धन्यवाद सार्वजनिक गरेको छ ।कम्पनीले काठमाडौंमा बुधवार पत्रकार सम्मेलन गरेर कोरोना महामारीमा पनि आशा र समर्थन प्रदान गर्ने सहयात्रीलाई धन्यवाद स्वरुप दशैं तिहारमा पनि धन्यवाद शब्दलाई प्राथमिकता राखिएको जनाएको छ।कम्पनीले विभिन्न नयाँ ८ लेबलहरु धन्यवादको लोगोसहितको बोटलहरु समेत सार्वजनिक गरेको...

देउसी–भैलोमै रमाइलो हुन्छ

तिहारमा भाइटीका लगाइ दिँदा म उपहारको आशा गर्दिन । मेरो विचारमा भाइटीका लगाइ दिइरहन पाउनु नै ठूलो कुरा हो, उपहार दिन तिहार नै कुर्नु पर्छ र ? मलाई राम्रोसँग सेल पकाउन आउँछ, तै पनि आफूले पकाएको सेल गोलो भएन भने त टेन्सन नै हुन्छ नि ।