हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ५, थोंचेका वडाअध्यक्ष ५० वर्षीय छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । नासों गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका अध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो । उहाँ नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमार्फत वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।