राष्ट्रपति विद्या भण्डारी कि झलनाथ खनाल? एमाले स्याथी समितिले निर्णय गर्दै :: Pahilopost.com

काठमाडौँः भावी राष्ट्रपतिको उम्मेदवार छनोटका लागि नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दैछ। उम्मेदवारमा सहमति नभए बहुमतीय प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने तयारी छ। राष्ट्रपतिमा एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व अध्यक्ष झलनाथ खनालको दावी छ।

सम्बन्धित सामग्री

वाम गठबन्धनबाट राष्ट्रपतिमा तीन आकांक्षी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। प्रधानमन्त्री ओली र…