ह्वाइट हाउसले शुक्रवार अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ। राष्ट्रपति जो बाइडेनले जनाए अनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्ण रूपमा सार्वजनिक गर्नबाट रोकिने छ। अर्को वर्ष डिसेम्बर १५ सम्ममा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० वर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।