लमजुङमा सडकमार्गबाट टाढा रहेका स्थानमा हेलिप्याड निर्माण गरिने

लमजुङमा वर्षातको समयमा हुन सक्ने सम्भावित विपद्का घटनाको तयारी थालिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति लमजुङक वैठकले सम्भावित जोखिमको पूर्वतयारी स्वरुप आवश्यक पर्ने कार्यका लागि तयारी थालेको हो।  वैठकले प्रदेश विपद्...

सम्बन्धित सामग्री

उपत्यकाका अग्ला ठाउँमा  पोखरी निर्माण गरिँदै

काठमाडौं उपत्यकाका अग्ला ठाउँहरूमा पोखरी निर्माण गरिने भएको छ । सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पानी जम्मा गर्न मिल्ने सम्भाव्य ठाउँहरू खोजेर पोखरी निर्माण गर्ने योजना बनाएको हो ।  अग्ला स्थानमा पोखरी...

चार स्थानमा पुल निर्माण गरिने - NepaliPatra

काठमाडौँ । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी […]

अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी

पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी सुरु गरिएको छ । पोखराको महेन्द्रपुलमा लायन्स क्लब लफ इन्टरनेसनलको आर्थिक सहयोगमा उक्त पार्क निर्माण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नामसहितका पिल्लर निर्माण गरिने र बीचमा सबैभन्दा अग्लो नेपालको झण्डा राखिने मेयर आचार्यले बताए । उक्त स्थानमा […]

नारायणगढ–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने

कावासोती । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने)मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताए । वन्यजन्तुका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाबाट वन्यजन्तु जोगाउन साना र ठूला गरेर सो संख्यामा अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । उनका अनुसार कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपास बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ ।  यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए । वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्नेगरी अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एशियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेको छ । त्यस सम्बन्धमा अध्ययन भइरहेको झाले बताए । यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्नेगरी पूर्वाधार निर्माणमा रोक लगाएको थियो भने नेपालमै पहिलोपटक नारायणगढ–मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डर पास निर्माण गरिएको थियो । निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेन बनाउँदै छ । यस्तै दाउन्नेमा तीन लेन विस्तार गर्नेगरी एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमार्गको विस्तार भइरहेको छ । राजमार्ग विस्तारको लागत रू. १६ अर्ब ९९ करोड ५२ लाख बराबर रहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले बताएको छ । एडीबीले १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माण सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी सम्झौता भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडक विस्तारको शिलान्यास गरेका थिए । रासस

नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिँदै

नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ  । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पाभूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिए । उनका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्ष

एमाले महाधिवेशनमा सहभागी हुन आउने पाहुनाका लागि २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

नेकपा (एमाले) को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गर

हेलम्बुकाे राताेपुल बगाएकाे ठाउँमा तत्काल बेलिब्रिज निर्माण गरिने

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेमा रहेकाे रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएअनुसार शुक्रबार हेलम्बु पुगेको प्राविधिकसहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय ...

सात स्थानमा सुरुङ निर्माण गरिने

काठमाडाैं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणको ...

मुलुकका सात स्थानमा सुरुङ मार्ग निर्माण गरिने

काठमाडौँ: सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।  संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुर