काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन्। उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए। एसपिपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई एसपिपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनै पनि हालतमा एस