मिस अर्थ-२०२२ : रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश (तस्वीरसहित)

काठमाडौं । नेपालले फिलिपिन्समा सुरु भएको मिस अर्थ-२०२२ को प्रतिस्पर्धामा दाबेदारी पेस गरेको छ । शनिबार भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको पहिलो सब-टाइटल फाउना आउटफिट प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रेड पाण्डा संरक्षणको सन्देश दिइन् । नेपालको लोपोन्मुख हाब्रे (रेड पाण्डा)को थिममा पहिरन लगाएकी सरिशा आकर्षक देखिएकी थिइन् । हाब्रेको भुवा, रङ र शैलीसँग दुरुस्त देखिने […]

सम्बन्धित सामग्री

‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी

जैविक विविधतामा ताप्लेजुङ एक दुलर्भ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा बासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् । रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरबाट नै जनचेतनको विकास गर्ने उद्देश्यले विद्यालयमा रेडपाण्डाका गतिविधिका बारेका पढाइ …

रेडपाण्डाको संख्या गणना गर्न माग

ताप्लेजुङमा लोपोन्मुख रेड पाण्डा (रातो हाब्रे) को गणना गर्न सरोकारवालाहरुले माग गरेका छन्।

ताप्लेजुङमा हाब्रे सेन्टर

फुङ्लिङ, २३ जेठ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम […]

प्रभु बैंकले चिडियाघरका दुई वटा रेड पाण्डालाई एक वर्षसम्म आहारा उपलब्ध गराउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षसम्मका लागि आहारा उपलब्ध गराउने भएको छ । रेड पाण्डालाई आहारा उपलब्ध गराउने विषयमा प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण […]

रसुवाको धार्मिक मार्गमा देखिन थाल्यो रेड पाण्डा

रसुवा : गोसाइँकुण्ड  धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा यो क्षेत्रमा रेड पाण्डा देखिन थालेको हो। संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जंगलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती त

किन मारिन्छ रेड पाण्डा?

सुर्खेत : मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेड पाण्डा भेटियो। स्थानीयवासीले प्रहरी चौकीलाई जिम्मा लगाएको रेड पाण्डा केही समयमै मर्‍यो।प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेड पाण्डा बाटोमै मरेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) सन्तोष निरौलाले जानकारी दिए। रेड पाण्डालाई सुरक्षित स्थानमा छाड्ने प्रयास असफल भएको उनले बताए। बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले महिनैपिच्छे रेड पाण्डा मर्ने क्रम बढेको जानकारी दिए। ‘बारे

जब लजालु सुन्दर जीव ‘रेड पाण्डा’ आधा घण्टासम्म छेउमै बस्याे

जुम्ला । भदौ महिनाको अन्तिम साता, कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारी तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डाको वेसलाइन सर्वेक्षण र अनुसन्धानमा निस्किए । जुम्ला सदमुकामबाट झण्डै ६० किलोमिटरको यात्रा पछि पुगिन्छ, नदै सामुदायिक वनमा । स्थानीयले रेड पाण्डा देखिदै आएको बताएपछि उक्त सामुदायिक वनमा पहिलो पटक वेसलाईन सर्वेक्षण र अनुसन्धान हुँदै […] The post जब लजालु सुन्दर जीव ‘रेड पाण्डा’ आधा घण्टासम्म छेउमै बस्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका(६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई […]

​विश्वमै दुर्लभ मानिने रेड पाण्डा मृत अवस्थामा पाथीभरामा भेटियो

केशवप्रसाद भट्टराई/उज्यालो ।  ताप्लेजुङ, चैत्र १५ – हिमाली जिल्ला ताप्लेजुङको पाथिभरा क्षेत्रमा मरेको रेड पाण्डा भेटिएको छ । विश्वमा दुर्...