काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन्।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले ज्ञवालीसहित आइतबार थप दुई रिट दायर भएको जानकारी दिए। आयोग खारेजीविरुद्ध शुक्रबार दुई वटा रिट दायर भएका थिए। आयोग खरेजसम्बन्धि पाँ