निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । आयोगका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो ।असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली