निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दै

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ ।  अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ । यो सुविधा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, चुनावमा खटिने कर्मचारी, थुनुवा र कैदी तथा स...

सम्बन्धित सामग्री

निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले बिहीबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक कार्यक्रममा निर्वाचन आयोग ऐन, २०७३ संशोधन …

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो।  अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप […]

संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

कात्तिक अन्तिम वा मङ्सिरको पहिलाे सातासम्म निर्वाचन

सरकारले आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी गरेको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो …

मतदाता नामावली सङ्कलन असार १ गतेदेखि, मतदाता कसरी बन्ने - BBC News नेपाली

नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले निर्वाचन आयोग जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा आयोगले तोकेका इलाका कार्यालयहरूमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन्।

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो । राजनीतिक दलका प्रतिनिधिलाई […]