नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो । १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार बह्येको छ । सूचक ५ प्रतिशतले बढे संगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ । हालको सर्किट ब्रेकको नियम अनुसार पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ ।