अन्तरिक्षमा एलियन, एस्टेरोइड र उल्कापिण्डहरूको सूचना दिने पेरुस्थित आर्सिबो टेलिस्कोप भत्केपछि चीनले संसारका लागि नयाँ टेलिस्कोप बनाएको छ ।
चीनको यस विशाल टेलिस्कोपमार्फत संसारभरिका वैज्ञानिकले एलियन र पृथ्वीतिर आउने उल्कापिण्डको जानकारी पाउनेछन् ।
नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरीज अफ चाइनाले यस विशालकाय टेलिस्कोपको १० प्रतिशत समय संसारभरिका वैज्ञानिकलाई दिने बताएको छ । टेलिस्कोपबाट अन्तरिक्षको निगरानी गर्ने टाइमटेबल अगस्ट १ सम्ममा जारी गरिनेछ ।
टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्...