ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड

एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

सम्बन्धित सामग्री

पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले […] The post पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने first appeared on हाम्रो खेलकुद.

२६ खेलाडीलाई एनएनआइपिए स्पोर्टस अवार्ड, तेक्वान्दोले नाम दिएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले विभिन्न २६ खेलाडी उत्कृष्ट खेलाडीलाई एनएनआईपिए स्पोर्टस अवार्ड २०७८ बाट सोमबार सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २७ मध्ये २६ खेलका खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा खेलाडी संघले सममन गरेको हो । तेक्वान्दोले भने आफ्नो खेलाडीको नाम संघलाई उपलब्ध नगराएका कारण सम्मानमा समावेश […]

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही असार १८ गते पोखरामा आयोजना गर्ने स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।...

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ : थप दुई विधाको मनोनयन सार्वजनिक

काठमाडौँ – धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षकलाई सारथि अस्पतालको साथ

काठमाडौँ- एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथि अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथि अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । अघिल्ला दुई संस्करणमा पनि धनगढीमा रहेको सारथि अस्पतालले प्रायोजन गरेको थियो । स्पोर्टस अवार्डमा दिइने ८ वटा विधा मध्येको वर्ष प्रशिक्षक […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड : नवजीवन को-अपरेटिभ्सको साथ

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।अघिल्लो संस्करणमा पनि साथ दिएको को–अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन

पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद मञ्च एनएसजेएफले जनाएको छ । २०५२ साल भदौ २५ मा स्थापना भएको एनएसजेएफले २०५३ सालदेखि यो कार्यक्रम आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण […]

पल्सर स्पोर्टस अवार्ड चैत ८ मा

यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए । आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए । ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।  आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्ष जस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहनेछ ।

पोखरा स्पोर्टस अवार्ड भोलि

‘पोखरा स्पोर्टस अवार्ड’ भोलि शुक्रबार हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हरेकवर्ष हुँदै आएको अवार्डको पाँचौ संस्करण शुक्रबार पोखरामा आयोजना हुन लागेको हो । खेलकुदका विभिन्न ७ विधामा अवार्ड वितरण गरिदैछ ।...