गुठिचौर गाउँपालिका– १ वडा कार्यालयले ‘बाबालाई नाना र आमालाई नानासहित खाना’ कार्यक्रमअन्र्तगत ६० वर्षमाथिका जेष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई ज्याकेट, हर्लिक्स र फलफूल वितरण गरेको छ।
हिउँद लागेसंगै जनजीवन...
चितवन, २० पुस । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् […]
सुशील गैरे कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ काे कार्यालले जेष्ठ नागरिक, अपाङ्घ, दलित र मुस्लिम वर्गलाई न्यानो कपडा वितरण गरेकाे छ। जाडो मौसम शुरु भएसँगै वडा कार्यालयले लक्षित वर्गका २४ जनालाई न्यानो कपडा वितरण गरेको हो । उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयाे । […]
चितवन – भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो। कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको […]
काठमाडौं । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका ९३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले बिहीबार भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो । कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको […]
काठमाडौं, १३ मंसिर । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवनिर्वाचित सांसद चौधरीले नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, […]
पुस ११, विराटनगर । उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् ।
विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतवार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो ।
दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका हुन् । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए ।
सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले बताए ।
गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको बताए । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने बताए ।
गोयलले यसअघि पनि विराटनगर–१९ मा रहेको जागृति आधरभूत विद्यालयमा अध्ययनरत विपन्न १२७ जना विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा, जुत्ता र विद्यालयको पोषाक वितरण गरेका थिए ।
कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष विजय कामतले जनचेतना आधरभूत विद्यालयमा विपन्न परिवारका छोराछोरी पढने भएकोले जाडोमा न्यानो हुने ट्रयाकसुटले विद्यार्थीलाई धेरै ठूलो सहयोग मिलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयन्ती दास, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार कामतलगायतको उपस्थित रहेको थियो ।