पुस ११, विराटनगर । उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् ।
विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतवार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो ।
दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका हुन् । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए ।
सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले बताए ।
गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको बताए । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने बताए ।
गोयलले यसअघि पनि विराटनगर–१९ मा रहेको जागृति आधरभूत विद्यालयमा अध्ययनरत विपन्न १२७ जना विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा, जुत्ता र विद्यालयको पोषाक वितरण गरेका थिए ।
कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष विजय कामतले जनचेतना आधरभूत विद्यालयमा विपन्न परिवारका छोराछोरी पढने भएकोले जाडोमा न्यानो हुने ट्रयाकसुटले विद्यार्थीलाई धेरै ठूलो सहयोग मिलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयन्ती दास, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार कामतलगायतको उपस्थित रहेको थियो ।