यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली-२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ। रापबोर्डका अध्यक्ष डा. महाश्रम शर