काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ।परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ।‘प्रश्नपत्र छपाई सुरु भएको भने छैन, कहिले छाप्ने विषयमा भने कुरा उठेको छ,’ उनले भने।उनले अहिले एसईई दिने विद्