क्यूबाको कम्युनिष्ट सरकारविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ।राजधानी हवाना र अन्य ठूला शहरहरूमा भएका प्रदर्शनमा हजारौं मानिसहरूले सहभागिता जनाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।कम्युनिष्ट सरकारविरुद्ध पछिल्लो ३० यताकै ठूलो प्रदर्शन भएको र प्रदर्शनकारीहरूले स्वतन्त्रता, लोकतन्त्र एवम् कोरोना महामारीसँग लड्न आवश्यक भ्याक्सिन माग गरिरहेका खबरहरूमा उल्लेख छ। क्यूबा यतिखेर कोरोना महामारीको चपेटामा परेको छ। यही बेला सरकारविरोधी प्रदर्शन हुँदा त्यहाँ असामान्य स्थिति निम्तिएको छ।